निशान र समिक्षाको स्वरमा ‘ज्वाई साब’ को ‘बत्ति कसम’


हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको चलचित्र ‘ज्वाई साब’ को एक रोमान्टिक गीत तयार भएको छ। ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।

यो गीतमा चलचित्रका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचर गरिनेछ । यहि एउटा गीतको सुटिङ्ग गर्न बाँकी रहेको निर्माण टिमले जानकारी दिएको छ ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य निर्माण भएको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन्।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्