धिरज र उपासनाको प्रेमलाई दर्शकको साथ, असोज ३ मा ‘खुस्मा’ रिलिज


जनयुद्धको समयमा फक्रिएको एक प्रेम जोडीको प्रेम कहानी बोकेको चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ। तत्कालीन नेकपा माओवादीको द्धन्द्धका कारण गाउँमा परेको प्रभावलाई पनि समेटिएको टिजर आकर्षक देखिएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीलाई फिचर गरिएको छ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा अशोक थापा मगरको लेखन तथा निर्देशन छ । वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता मोहन राई हुन् ।


चलचित्रमा खड्कबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, सारा राई, अरुन मगर, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ । असोजको ३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र मगर समुदायको परिवेशमा निर्माण गरिएको छ।

सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाएका छन्। धिरज र उपासनाले पहिलोपटक सहकार्य गरेको चलचित्र र यो जोडीलाई दर्शकले कुन हिसाबले लिने हुन् त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्