सुगम पोख्रेल र अन्जु पन्तको प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक


गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। शुक्रबार ‘आइ एम इन्टरटेन्मेन्ट’ च्यानलबाट गीत सार्वजनिक गरिएको हो। गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ।

रोमान्टिक हिसाबले तयार पारिएको भिडियाेमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन। यी दुईको प्रेम अनि रोमान्सलाई भिडियाेमा देख्न सकिन्छ।


राजिव समरको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। शान थापा भिडियोका निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस्