‘ह्रस्व दीर्घ’ पहिलो गीत : निता र हरिहरको जोडीलाई दर्शकको प्रसंसा


असोज ३ गतेबाट रिलिज हुने चलचित्र ‘ह्रस्व दीर्घ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। नाग पञ्चमीको अवसर पारेर निर्माण टिमले ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरेको हो। दुर्गेश थापा र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा दुर्गेशको संगीत, शब्द, र एरेञ्ज रहेको छ।

सुष्मा सुनामको कोरियोग्राफी रहेको गीतको भिडियोमा हरिहर अधिकारी र निता ढुंगाना फिचर रहेका छन्। गीतको अडियो र भिडियो दुवैलाई दर्शकले रुचाएका छन् । यसले चलचित्रको प्रचारमा सहयोग मिल्ने पक्का रहेको छ। निता फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रमा निता निर्माताको रुपमा रहेकी छिन्। चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन्।

चलचित्रमा निता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ। बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले खिचेको चलचित्रलाइ चन्द्र पन्तले निर्देशन गरेका छन्। चलचित्र नेपाली, तेलुगु, र हिन्दी गरी तीन भाषामा रिलिज हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्