सुरु भयो ‘घर नम्बर २’ को सुटिङ्ग


दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को छायांकन सुरु भएको छ । ३० दिनको सेड्यूल राखेर गोदावरीबाट चलचित्रको छायांकन सुरु गरिएको हो। पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।

भोलिबाट कलाकारहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । चलचित्रको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो । शुभसाइत समारोहमा चलचित्रका कलाकार, प्राविधिक उपस्थित थिए ।
सामाजिक विषयवस्तुलाई पर्दामा उतार्न लागिएको चलचित्रमा वुद्दि सागरको लेखन छ ।शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा चलचित्र निर्माण हुँदैछ।

प्रतिक्रिया दिनुहोस्