राजेश हमालको कमव्याक चलचित्र: ‘नरसिंहा’


अभिनेता राजेश हमालको कमब्याक चलचित्रको नाम तय भएको छ। दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रको नाम ‘नरसिंहाः अवतार’ राखिएको छ । निर्माणपक्षले थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ ।

नरसिंहाको अर्थ – भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ ।

लामो समयको अन्तरालपछि हमाल दिवाकरको चलचित्रबाट दर्शकमाझ फर्किन लागेका हुन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जनरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन् भन्नेबारे जानकारी गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्