बलियो बन्यो ‘घर नम्बर २’ लाइनअप, अभिनेत्रीमा केकी र उपासना अनुबन्धित


चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्रको लाइनअप निकै बलियो देखिएको छ । चलचित्र ‘के घर के डेरा’ को लाइनअप पनि निकै बलियो रहेको थियो। हलमा पनि चलचित्रले राम्रो व्यापार गर्न सकेको थियो । यसैको नाम सिक्वेल रहेको चलचित्रको लाइनअप पुरा भएसंगै साउन २५ गतेबाट चलचित्र सुटिङ्गमा जानेछ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल मुख्य अभिनेताहरुको रुपमा फाइनल भइसकेका छन् । दुई अभिनेत्रीहरुको खोजीमा रहेको निर्माण टिमले अभिनेत्रीहरु फाइनल गरेको छ । चलचित्रको मुख्य अभिनेत्रीहरुको रुपमा केकी अधिकारी र उपासना सिंह ठकुरी अनुबन्धित भएका छन्। काठमान्डौमा खिचिने चलचित्रको कथा बुद्धिसागरको रहेको छ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन, राजिव श्रेष्ठको लगानी रहनेछ । युवराज कार्की चलचित्रको कार्यकारी निर्माता हुन्। चलचित्रलाई यहि बर्ष रिलिज गर्ने निर्माण टिमको तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्