महिलाप्रधान चलचित्र ‘माइली’ को मुहर्त, प्रियंका, करिश्मा देखि सकम्बरी एकसाथ


बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको चलचित्र ‘माइली’ को शुभमुहर्त भएको छ। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । मुहर्त समारोहमा चलचित्रका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो।

चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले मुहुर्त सर्ट दिएका थिए ।

दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाईने निर्देशक बलामीले जानकारी दिए। मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने चलचित्रको सुटिङ्ग मंगलबारबाट सुरुवात हुनेछ।

प्रतिक्रिया दिनुहोस्