‘रोल नं १’ बन्ने, बाल मनोविज्ञानको कथा बोल्ने


बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ । फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुती निर्माण हुनेछ। सार्वजनिक पोष्टरमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सुटिङ पुरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ । यहि ब्यानरले चलचित्र ‘अगत्स्य’ निर्माण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्