‘१२ गाउँ’ मा विराज र समिरको टकराव, दशैँमा रिलिज पक्का


यो बर्षको दशैँ चलचित्र क्षेत्रका लागी निकै व्यस्त रहने देखिएको छ । तीन चलचित्र मिति सहित रिलिजको लागी तयार भएका छन्। यसमा थपिएको छ चौथो चलचित्र, ‘१२ गाउँ’। यो चलचित्रले आफ्नो मिति सार्वजनिक नगरे पनि दशैँमा रिलिज हुने पक्का भएको छ।

विराज भट्टको निर्माण र निर्देशनमा तयार भएको चलचित्रले नयाँ पोष्टर रिलिज गर्दै दशैँमा रिलिज पक्का गरेको हो।
चलचित्र मार्फत विराजका छोरा समिर भट्ट डेव्यु गर्दैछन्। सार्वजनिक पोष्टरमा विराज र समिरको टकराव देख्न सकिन्छ। बाबु-छोराको लडाई निकै रोचक हुने देखिएको छ। बुझिएअनुसर चलचित्र फूलपाती अथवा दशैँको टीकाको दिन रिलिज हुने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्