नीतिलाई ‘प्रेमगीत ३’ छाडेकोमा पछुतो, प्रदिपसंग नजुरेको सहकार्य


अभिनेत्री नीति शाह पछिल्लो समय निकै व्यस्त रहेकी छिन्। तर उनको यो व्यस्तता केहि बर्ष अगाडी नै हुने पक्का थियो। अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’ को अफर उनलाई पुगेको थियो।

उनले यो चलचित्र खेल्न अस्विकार गरिन्। यहि चलचित्रबाट अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारको रुपमा उदाईन्। नीतिलाई चलचित्र ‘प्रेमगीत ३’ बाट अफर पुग्यो । यो चलचित्रमा पनि उनले अभिनय गरिनन्। अनमोल केसी र प्रदिप खड्कासंग हिट चलचित्रमा डेव्यु इन्कार गरेकी नीतिलाई बिचमा यिनै दुई अभिनेतासंग डेव्यु गर्ने अवसर मिल्यो। चलचित्रमा सम्झौता पनि गरिन् तर त्यो अवसर उनलाई मिलेन। चलचित्र घोषणामै सिमित भए।

पछिल्लो समय एकपछि अर्को चलचित्रमा अभिनय गरिरहेकी नीतिलाई प्रेमगीत ३ नगरेको पछुतो रहेछ। प्रदिप र नीतिसंगै भेटिदा नीतिले उक्त चलचित्रमा अभिनय नगरेकोमा पछुतो रहेको बताउदै प्रेमगीत ४ बाट अफर आएमा आँखा चिम्लेर ओके भन्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्