विवेक र विजुसंग इतिहासमा चर्चा चल्ने बिहे गर्दै आंचल र गरिमा


मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द रहेको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी प्रस्तुत गरिएको भिडियो आकर्षक रहेको छ। भिडियोमा आंचल शर्मा र विजु पार्की, गरिमा शर्मा र विवेक कर्माचार्यको जोडीलाई प्रस्तुत गरिएको छ।

यी दुई जोडीको साथमा किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जनलाई पनि भिडियोमा देख्न सकिन्छ। सुस्मिता वाइवाले कोरियोग्राफी गरेको भिडियो निकै जोशिलो रहेको छ। जानुका थापाको लगानी रहेको चलचित्रमा अमृत रिजाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन छ ।

चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । भदौको १४ गतेबाट यो फिल्म विश्व बजारमा एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्