‘सतीदेवी’ ट्रेलरलाई दर्शकले रुचाए, छोराको चाहानामा छोरीले भोगेको पिडा


लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को ट्रेलरलाई दर्शकले रुचाएका छन्। छोराको चाहनामा रुमल्लिएको एक परिवार, छोरीहरूको बेदनाको कथा बोलेको चलचित्रको पोष्टर सार्वजनिक संगै चर्चा चुलिएको थियो।

चलचित्रको मुख्य भूमिकामा मलिका महत रहेकी छिन्। चलचित्रको पीडादायी ट्रेलरले मन छोएको प्रतिक्रिया दर्शकले दिएका छन्।

श्रीदेवी सुवेदी र विशाल सुवेदी निर्माताको रुपमा रहेको चलचित्रमा हर्षिका वली, मन्जिला बनियाँ, सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्