टिजरपछि ‘द आउटल’को माग बढ्दै, जापान अधिकार विक्री


चलचित्र ‘द आउटलः दफा २१९’ को टिजर सार्वजनिक भएपछि यसको माग बढेको छ । यो चलचित्रको टिजरलाई दर्शकले निकै छन् । नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, चलचित्रको मेकिङको तारिफ भइरहेको छ ।
टिजर सार्वजनिक भएपछि चलचित्रको विदेश अधिकार पनि विक्री हुन थालेको छ । चलचित्रको जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ ।


जापानमा चलचित्र वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले चलचित्र खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले चलचित्रको टिजर सार्वजनिक भएपछि दर्शकमा चलचित्रलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले चलचित्रको जापान अधिकार खरिद गरेको उनको भनाई छ । चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ।
असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको निर्मातामा अमित अग्रहरि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्