पहिलोपटक चलचित्रमा ‘मोहर’ लगाउँदै पल र नीतिको जोडी


नायक पल शाह र नायिका नीति शाह एकपछि अर्को चलचित्रमा अनुबन्धित भैरहेका छन्। यी दुवै पहिलोपटक एकै चलचित्रमा सहकार्य गर्ने पक्का भएको छ। ओम प्रतिकको निर्देशनमा तयार हुने चलचित्र ‘मोहर’ मा दुवैले पहिलोपटक स्क्रिन शेयर गर्न लागेका हुन् ।

पलले चलचित्र सोमबार साइन गरेका हुन् भने नीतिले केहि दिन अगाडी चलचित्रमा काम गर्ने सम्झौता गरेकी थिइन्। माघ–फागुनमा छायांकन गर्ने तयारी गरिएको चलचित्र मेकर्स प्रा.लिको प्रस्तुतिमा चुम्बन जंग शाही निर्माणमा तयार हुदैछ।

प्रतिक्रिया दिनुहोस्