सकियो प्रकाश सपुतको ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन


गायक प्रकाश सपुतको अभिनय रहेको दोश्रो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन’ सकिएको छ। ‘परदेशी २’ डेव्यु नायक सपुत गायनमा सफल रहेका छन् । पहिलो चलचित्र पनि व्यावसायिक हिसाबले सफल रहेको प्रकाशको यो चलचित्रको छायांकन ४० दिनमा सकिएको हो।

ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा चलचित्र ‘प्याकअप’ भएको हो । अर्को बर्ष रिलिजको तयारी गरिएको चलचित्रको कलाकारको लाइनअप निकै बलियो रहेको छ। चलचित्रमा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने आदिको अभिनय रहेको छ। सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा रहेका छन्।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्