पल र बेनिशाको ‘कल्ली’ घोषणा, चैत्रमा रिलिज तय


पल शाह र बेनिशा हमालको जोडीलाई लिएर निर्माता किरण नेपालीले चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरेका छन्। रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ ।

चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । चलचित्रमा पल र बेनिशाको गेटअप निर्माण टिमले सार्वजनिक गरेको छ।सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाले हातमा अग्नि बोकेकी छिन्। एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँसु झरेको देखाइएको छ ।

पहिलोपटक पर्दामा देखिन लागेको पल शाह र बेनिशा हमालको जोडी अभिनित यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ । कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा खिच्ने चलचित्रको तिहारपछि छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्