लयमा फर्किदै आर्यन सिग्देलको करियर


अभिनेता आर्यन सिग्देल कुनै समय नम्बर १ स्टार रहेका थिए। उनले दर्जनौ हिट चलचित्र दिए। एक्सन चलचित्रको समय चलिरहेको बेलामा लभस्टोरी चलचित्रमा उनले एकछात्र राज गरे। लगातार हिट चलचित्र दिईरहेका आर्यनको फ्लप यात्रा धेरै बर्ष चल्यो। उनको स्टारडम यसरि खस्कियो की निर्मातालाई करोडौको घाटा लाग्यो।

तर यतिबेला आर्यनको करियर लयमा फर्कदै गएको छ। उनी अभिनित पछिल्लो चलचित्र ‘पुजार सार्की’ सफल बन्यो। मल्टिस्टारर चलचित्रले आर्यनलाई ठुलो राहत दिएको छ। उनी एकपछि अर्को स्टार भ्यालु भएका चलचित्रमा अभिनय गरिरहेका छन्। उनको हातमा दिनेश राउतको निर्देशनमा तयार हुने चलचित्र ‘‘गाउँ नै रमाइलो’ रहेको छ । यो चलचित्रमा दयाहाङ राईको पनि प्रमुख भूमिका रहेको छ। उनले केहि दिन अगाडी चलचित्र ‘छक्का पन्जा ५’ को सुटिङ्ग गरिसकेका छन् ।

यो बीचमा उनी नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। दिपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा अनुबन्धित भएका छन् । यो चलचित्रमा निश्चल बस्नेत र खगेन्द्र लामिछाने अनुबन्धित भैसकेका छन्। चलचित्रको लाइनअप बलियो बन्दै गएको छ। दुई अभिनेत्री चलचित्रमा अनुबन्धित गर्ने बाँकी रहेको छ। दुई मध्ये एकमा अभिनेत्री स्वस्तिमा खड्काको चर्चा रहेको छ। उनी पनि चलचित्रमा अनुबन्धित भएमा चलचित्रको लाइनअप झन् बलियो बन्ने छ।

प्रतिक्रिया दिनुहोस्