भारतीय भिलनेसंग हरिहरको एंग्री लुक्स


असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको डेव्यु निर्देशकिय चलचित्रको सार्वजनिक पोस्टरमा हरिहरका साथमा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा चलचित्र रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्