भारतको लद्दाखमा अनमोल केसी, ‘जेरी अन टप’ खिच्ने तयारी


अनमोल केसी, जसिता गुरुङ्ग र आंचल शर्मा मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी अन: टप’ छायांकनको अन्तिम तयारीमा रहेको छ। सरोज न्यौपानेको निर्माणमा सुयोग गुरुङ्गले निर्देशन गर्ने चलचित्रको छायांकन भारतको रमणीय ठाउँ लद्दाखमा पनि हुने भएको छ।

निर्माता र निर्देशकको साथमा अनमोल केसी यतिबेला लोकेशन हेर्न भारतको लद्दाखमा रहेका छन्। यो चलचित्रको कति छायांकन उक्त स्थानमा हुने भन्ने बारे जानकारी गराईएको छैन। तर लद्दाखमा छायांकन हुने भने कन्फर्म रहेको छ। हिजो तीन जना लद्दाखका लागी उडेका थिए। चलचित्रलाई लिएर निर्माण टिम उत्साहित रहेको छ। केहि समय प्रि- प्रोडक्सनमा बिताएर चाडै सुटिङ्गमा जाने तयारीमा निर्माण टिम रहेको छ। अनमोल, जसिता र सुयोगले चलचित्र ‘फर्की फर्की’ मा सहकार्य गरेका थिए । दर्शकले चलचित्रलाई रुचाएका थिए। आंचलको प्रवेशले चलचित्रलाई लिएर दर्शक झन् उत्साहित रहेका छन्। चलचित्रले फागुन २ गते आफ्नो रिलिज मिति तय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्