‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक


चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।
रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’ की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’ का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् । आयुषा ‘मेरो डान्स कप युएसए’ की फस्ट रनर अप हुन् ।

चलचित्र नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको छ । चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशको कलाकारको अभिनय छ ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर) को कथा र निर्देशन रहेको चलचित्रमा ज्ञानबहादुर प्रधानको निर्माण छ । रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्