एक्सन सिक्दै गरिमा शर्मा, ‘हन्टर’ मा मुख्य भूमिकामा देखिदै


म्युजिक भिडियोमा बलियो छाप छाडेकी गरिमा शर्माले ‘लन्डन टु पेरिस’ चलचित्र मार्फत अभिनयमा डेव्यु गरिन्। सहायक भूमिकामा डेव्यु गरेकी गरिमाका अन्य दुई चलचित्र रिलिजको तयारीमा रहेकी छिन्।

यी चलचित्रमा पनि उनि छोटो भूमिकामा रहेकी छिन्। तीन चलचित्रको अभिनय पश्चात गरिमा चलचित्रमा शिर्ष भूमिकामा अभिनय गर्ने तयारीमा रहेकी छिन्। ‘हन्टर’ चलचित्रमा उनि एक्सन भूमिकामा देखिदैछिन्। जीवन सिंहले निर्देशन गर्ने चलचित्रमा उनि अरुण क्षेत्रीसंग देखिदैछिन्। यहि चलचित्रमा पूर्णिका सिंजापति र मिस पवी पनि देखिने चर्चा रहेको छ।

प्रतिक्रिया दिनुहोस्