सकियो ‘तेल भिसा’ को छायांकन , रेणु दाहालले दिईन् शुभकामना


बर्षा राउत र विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘तेल भिसा’ को छायांकन सकिएको छ। ७० प्रतिशत अमेरिकामा छायांकन गरिएको चलचित्रको बाँकि छायांकन नेपालको चितवनमा गरिएको थियो। ३५ दिन लगाएर चलचित्रको छायांकन सकिएको हो।

चलचित्रको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि उपस्थित थिइन् । उनले, चलचित्रको छायांकन चितवनमा गरेकोमा निर्माण टिमलाई धन्यवाद समेत व्यक्त गरिन् । चलचित्रमा विपिन कार्की दोहोरो भूमिकामा देखिदैछन्। शंकर घिमिरेले चलचित्रको निर्देशन गरेका छन्।

करिव १२ बर्षपछि शंकर चलचित्र निर्देशनमा फर्किएका हुन्। मङ्सिर ७ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रमा वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र वुद्दि तामाङको मुख्य भूमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रृती दाहाल चलचित्रको कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्