‘बर एण्ड बधु’ पहिलो गीत, नवनायक संग रोमान्टिक आंचल शर्मा


आंचल शर्मा मुख्य भूमिकामा रहेको नयाँ चलचित्र ‘वर एण्ड बधु’ को पहिलो गीत सार्वजनिक भएको छ। अन्जु पन्त र प्रताप दासको स्वरमा रहेको ‘तिमि संग’ बोलको गीत सार्वजनिक भएको हो। लेखु सहयात्रीको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाइ रोमान्टिक हिसाबले प्रस्तुत गरिएको छ। डेव्यु नायक विवेक कर्माचार्यसंग रोमानियाका सुन्दर दृश्यमा आंचल निकै बोल्ड देखिएकी छिन्। मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


जानुका थापाको लगानी रहेको चलचित्रमा अमित रिजाल कार्यकारी निर्माता रहेका छन् । सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्र भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्