निश्चलको पर्खाईमा रमाएकी स्वस्तिमा, यस्तो बन्यो ‘उडायो मन’


असोज १७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक भएको छ। इन्द्रकला राइको आवाजमा रहेको ‘उडायो मन’ बोलको गीत निर्माण टीमले सार्वजनिक गरेको हो। जयन जे. वाइबाको शब्द रचना तथा संगीत रहेको गीतमा केही अन्तरा थारु भाषामा पनि रहेको छ।

निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रको यो गीतको भिडियोमा प्रेमीको पर्खाइमा बसेकी एक युवती प्रेमभाव देखाउछ। शेखर घर्ती मगरको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा स्वस्तिमा खड्का र सिम्रन खड्का फिचर्ड रहेका छन्।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन एवं निर्देशन रहेको चलचित्रमा स्वस्तिमा, निश्चल र सिम्रनसहित विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्