चलचित्र निर्देशनमा कुमार कट्टेलको डेव्यु , ‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ घोषणा


हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरिसकेको ‘सक्किगोनि’ समुहले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच यो टिमले आफ्नो पहिलो चलचित्र ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्‍यो । गएको फागुनमा पोष्टरमार्फत आफ्नो चलचित्रको घोषणा गरेको चलचित्रको सम्पूर्ण कुरा लुकाईएको थियो। औपचारिक कार्यक्रमका बीचमा चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री’ ले गर्ने घोषणा गरिएको हो।

सक्किगोनिको समेत लेख्न र निर्देशनमा जिम्मेवारी सम्हाल्दै आएका कुमार स्वयमको लेखन चलचित्रमा रहेको छ। चलचित्रमा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) को अभिनय रहनेछ भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू छन् । चलचित्रको घोषणा कार्यक्रममा धेरै कलाकार लुकाईएको छ। यो स्वयम निर्माण टिमले पनि जानकारी दिएको छ।

सक्किगोनि टेलिश्रृंखलामा रहेका अन्य धेरै कलाकार चलचित्रमा समावेश गरिएको छैन। तर बिस्तारै सार्वजनिक गरिने बताइएका कलाकारको सुचीमा हरि निरौला कक्रोज, प्रियाना आचार्य मुन्नी, रक्षा श्रेष्ठ लगायतका कलाकार पर्ने सम्भावना प्रवल रहेको छ। कुमारको पनि अभिनय रहने वा नरहने भन्ने कुरा पनि प्रष्ट पारिएको छैन।
आगामी भदौपछि छायांकन हुन लागेको चलचित्रको निर्मातामा नविन श्रेष्ठ र सह-निर्मातामा नरेश शाह छन् । सुदीप बरालको छायांकनमा चलचित्र तयार हुनेछ।

प्रतिक्रिया दिनुहोस्