५१ दिनमा ‘छक्का पन्जा ५’ प्याकअप, फूलपातीमा रिलिज


दिपाश्री निरौलाको निर्देशनमा तयार हुँदै रहेको चलचित्र ‘छक्का पन्जा ५’ को छायांकन ५१ दिनमा सकिएको छ । चलचित्रकी निर्देशक निरौलाले एक गीत बाहेक सम्पूर्ण छायांकन सकिएको जानकारी दिएकि हुन्। चलचित्रको छायांकन काभ्रे, सिन्धुली, पोखरा र काठमाडौंमा गरिएको हो। दिपाले चलचित्रको काम राम्रो बनेको र अब पोष्ट प्रोडक्सनको काम सुरु भएको जानकारी दिईन्।

असोज २४ गते फूलपातीबाट रिलिज हुने चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहेका छन्। यी तीन कलाकार बाहेक अन्य कलाकार गोप्य राखिएको छ। निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्र सामाजिक कथालाई कमेडीको शैलीबाट भन्छ । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा चलचित्र निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्