‘कार्साङ’ वर्कसपमा दयाहाङ जोडिए, सुटिङ्गमा जाने तयारी


दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा वर्कशप चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा चलचित्रको वर्कसप सुरु गरिएको हो । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत निर्माण टीम जुटेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको हो, साथै यहि साताबाट छायांकनमा जाने तयारी रहेको छ।

सामाजिक कथावस्तुमा निर्माण हुने यस चलचित्रको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै चलचित्र मार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्।

सृजनाले केही म्युजिक भिडियोमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् । चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । पुरुषोत्तम प्रधान निर्माता रहेको चलचित्रलाई यम शेर्पाले निर्देशन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्