‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो चरणको छायांकन सकियो


सेभेन सिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ। चलचित्रको पहिलो चरणको छायांकन ओखलढुंगामा गरिएको हो । जेठको २४ गतेबाट चलचित्रको छायांकन सुरु गरिएको थियो। ३६ दिन लगाएर पहिलो चरणको छायांकन सकिएको निर्माणपक्षले बताएको छ । दोस्रो सेड्यूल दशैँपछि सुरु हुनेछ। दोश्रो चरणको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माता विनोद पौडेलको भनाई छ ।

चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अन्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, वुद्दि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भी पौडेल, स्वायम् केसीको मुख्य भूमिका छ । सामाजिक कथामा निर्माण भएको यो चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ । गन्धर्व परिवारको कथामा आधारित रहेको चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका छन्। चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्