‘तेल भिसा’ मा विपिनको दोहोरो भूमिका, मङ्सिरमा रिलिज तय


विपिन कार्की र बर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र ‘तेल भिसा’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ। भदौ २८ गतेबाट रिलिज घोषणा गरिएको चलचित्रको पोष्टर सार्वजनिक गर्दै नयाँ मिति तय गरिएको हो । चलचित्रलाई अब मङ्सिरको ७ गतेबाट रिलिज घोषणा गरिएको छ।

सार्बजनिक चलचित्रको पोष्टरमा नायक विपिन कार्कीको दोहोरो भूमिका देख्न सकिन्छ । साथमा, नायिका वर्षा राउत, पूजा चन्द, ऋचा शर्मालाई पनि पोष्टरमा देख्न सकिन्छ । पूजा चन्दको हातमा हतकडी रहेको छ ।

पहिलो चरणको छायांकन अमेरिकामा गरिएको चलचित्रको दोस्रो चरणको छायांकन चितवनमा गर्ने बताइएको छ । वेल्डन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ । चलचित्रमा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्