पार्श्व गायनमा करण परियारको डेव्यु, ‘बुलाकी’ को लागी समिक्षासंगै गराए गीत रेकर्ड


नेपाल आइडल विजेता करण परियार पछिल्लो समय एकपछि अर्को गीत रेकर्डिङमा व्यस्त रहेका छन् । आइडलबाट विजेता को ट्रफीसंगै दर्शकको प्रेम पाएका करणले चलचित्रको पार्श्व गायनमा डेव्यु गरेका छन्। उनले चलचित्र ‘बुलाकी’ को लागी एक गीतमा आवाज भरेका छन्।


गएको बर्ष प्रदर्शनमा आएर एक दिनमा नै हलबाट बाहिरिएको चलचित्रलाई साउन ३२ गतेबाट पुन रिलिज गर्न लागिएको छ। सोहि चलचित्रको एक मार्मिक गीतमा गायिका अनु चौधरी र करणले स्वर भरेका छन्। सोहि चलचित्रको अर्को एक गीतमा समिक्षा अधिकारीले स्वर भरेकी छिन्। आइतबार सिंहदरवार स्थित रेडियो नेपालको स्टुडियोमा करण र समिक्षाले चलचित्रको लागी गीत रेकर्ड गरेका छन्। गायिका समिक्षा र करण एकसाथ मिडियामा प्रस्तुत हुँदा नेपाली गीत संगीतको इतिहास बोकेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउन पाउँदा पछिल्लो पुस्ताका उदयीमान कलाकारद्वय भाग्यमानी सुनिए ।

बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुबै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए । कर्णाली भेगको जारी प्रथाको कथावस्तुलाई चलचित्रले प्रस्तुत गरेको छ।

चलचित्रलाई पुनः सम्पादन सहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्ट बताउँछन् । स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ‘बुलाकी’ लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्