‘मोदीबेनी’ गीतमा रुचाइयो बर्षा र अमरको केमेष्ट्री


साउन १८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मोदिबेनी’ को पहिलो गीत केहि दिन अगाडी सार्वजनिक गरियो।
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ‘मञ्जुरी’ बोलको रोमान्टिक गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ । गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति आकर्षण, प्रेम र आशक्ति बोल्छ ।

किरण थापाको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ। कर्णप्रिय अडियो र आकर्षक भिडियोमा दुवैको ‘केमेष्ट्री’ आकर्षक देखिएको छ।

शंकर कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा वर्षा र अमरसँगै सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि अभिनय छ । रेजिनाले यो चलचित्रबाट झन्डै १० बर्षपछी कमब्याक गरेकी हुन्। चलचित्रका निर्माता दीलिप केसी तथा सह-निर्माता हरि श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्