कस्तो देखियो उपासना र धिरजको विवाह? (फोटो)


असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘खुस्मा’ मा धिरज मगर र उपासना सिंह ठकुरीको अभिनय रहेको छ।द्धन्द्धकालको समयमा एक जोडीको हुर्किएको प्रेमको कथामा तयार भएको चलचित्रमा यो जोडीलाई दर्शकले पहिलोपटक पर्दामा देख्दैछन्।

केहि पोष्टर समेत सार्वजनिक भैसकेको यो चलचित्रका केहि तस्विर अभिनेत्री उपासना सिंह ठकुरीले सार्वजनिक गरेकी छिन्। सार्वजनिक तस्विरमा मगर परम्परा अनुसार बिहे भएको देखाईएको छ । निधारमा टीका र गलामा माला लगाएका तस्विरमा दुवैको जोडी आकर्षक देखिएको छ ।

तस्विर सार्वजनिक गर्दै उपासनाले लेखेकी छिन्–‘यो कथालाई आफ्नो जीवनमा ल्याउनका लागि मैले गरेको यात्रा अद्भुत नै थियो । म तपाइहरुसँग यो अनुभव चाँडो भन्दा चाँडो शेयर गर्न चाहन्छु ।’ उपासनाले तस्विर पोष्ट गरेपछि धिरजले –‘मेरी प्रिय खुस्मा’ भन्दै प्रतिक्रिया दिएका छन् । अशोक थापा मगरले चलचित्रको निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्