स्टारले भरिएको ‘बेहुली फ्रम मेघौली’ गीत, अविवाहितलाई विहेको दबाबमा रोचक प्रस्तुती


निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को पहिलो गीत सार्वजनिक भएको छ। प्रमोसनल गीतको रुपमा तयार भएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीत चलचित्रको टिमले फरक शैलीमा तयार गरेको छ । चलचित्रको थिम अनुसार तयार पारिएको गीतमा कुशल पोख्रेलको स्वर र शब्द रहेको छ भने रोहित शाक्यले संगीत भरेका छन्। यो र्‍‍याप गीतमा नेपाली चलचित्र क्षेत्रका स्टारहरु फिचर्ड रहेका छन्।

शुक्रबार रिलिज भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, दीपाश्री निरौला, प्रदीप खड्का, धीरज मगर, नाजिर हुसेन, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिल्पा मास्के लगायत रहेका छन् । गीतको बोल अनुसार अधिकांश अविवाहित कलाकारलाई नै भिडियोमा प्रस्तुत गरिएको छ। उमेर पुगेका युवा-युवतीलाई समाज र परिवारबाट कसरि विवाहको लागी दबाब दिईन्छ भन्ने कुरा गीतमा रहेको छ।

बलियो अडियो र भिडियोको साथमा रोचक प्रस्तुतीले चलचित्रको हाइप बनाउन सहयोग मिल्ने पक्का रहेको छ। दशैंको फूलपाती अर्थात् असोज १७ गतेबाट रिलिज हुने चलचित्रमा साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको छ। चलचित्रमा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

प्रतिक्रिया दिनुहोस्