भदौमा सर्यो मलिका महतको ‘सतीदेवी’


मलिका महत मुख्य भूमिकामा रहेको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति परिवर्तन भएको छ। साउन ४ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र अब भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माण कम्पनी दिलासा क्रिएशनले एक विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा चलचित्रको प्रदर्शन मिति हेरफेर भएको जानकारी दिएको हो।

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको चलचित्रमा मालिका महत, हर्षिका वली, मन्जिला बाँनियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू लगायतको अभिनय रहेको छ ।

केही फेस्टिभलमा अवार्ड समेत जितिसकेको छ चलचित्रले वंश धान्नका लागि छोरा चाहिन्छ भन्ने पितृसतात्मक सोचलाई प्रश्न गरेको छ ।
विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्र दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्