भदौमा आंचल र विवेकको ‘वर एण्ड बधु’ रिलिज तय


पछिल्लो समय अभिनेत्री आंचल शर्मा एक पछि अर्को चलचित्रमा व्यस्त रहेकी छिन् । आफ्नो व्यस्ततालाई शिखरमा पुर्याएकी आंचलको चलचित्र ‘वर एण्ड बधु’ ले रिलिज मिति तय गरेको छ। मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट रिलिज हुनेछ । चलचित्रमा आंचलले गरेको एक्सनको चर्चा रहेको छ। आंचलसंग यो चलचित्रमा नव-नायक विवेक कर्माचार्य मुख्य भूमिकामा रहेका छन्।

चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिने निर्माण टिमले जानकारी दिएको छ। चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो चलचित्रमा जानुका थापाको लगानी र अमित रिजाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । नेपाल र रोमानियामा छायांकन गरिएको चलचित्र ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्