‘१२ गाउँ’ दशैँमा रिलिज पक्का, समिरको एक्सन अवतार


विराज भट्टका छोरा समिर भट्टको डेव्यु चलचित्र ‘१२ गाउँ’ को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा समिरलाई एक्सन अवतरमा प्रस्तुत गरिएको छ। चलचित्रको प्रदर्शन मिति पनि निर्माण टिमले घोषणा गरेको छ । चलचित्र २०८१ को दशैँमा रिलिज हुनेछ। तर दशैँको कुन दिन भने उल्लेख गरिएको छैन।

विराज भट्टको निर्देशनमा तयार हुँदै गरेको चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । निर्देशक तथा नायक विराजले १० दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिने जानकारी दिएका छन्।

निर्देशक भट्टले चलचित्रको एउटा एक्सनको छायांकन भारतको मुम्बईमा गर्ने जानकारी दिए । चलचित्र मार्फत मोडलद्धय न्यान्सी खड्का र सनिसा भट्टराईले डेव्यु गरेका छन्। चलचित्रमा मुरलिधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना लगायतको अभिनय छ ।

विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा तयार भइरहेको चलचित्रका लागी विराजले दक्षिण भारतीय एक्सन निर्देशक स्टन्ट सिल्भालाई नेपाल भित्राएका थिए । चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्