आनालाई सरोजको जवाफ,’एउटा निर्माताको पीडा बुझ्न नसक्ने नि कलाकार हुन्छ ?’


जेरी अन टपबाट आना शर्मा बहिरिएपछि जसिता गुरुङ्गको इन्ट्री भएको केहि दिन भयो। तर यो बिषयले सामाजिक संजालमा आरोपपत्यारोपको अवस्था सृजना भएको छ । आना शर्माले आफुले बिरामी भएको जानकारी गराएपनि आफुलाई निकालेको आरोप लगाएकी छिन्। यो बिषयको समाचार हामी तयार पारिसकेका छौ। यहि बिषयमा निर्माता सरोज न्यौपानेले आफ्नो सामाजिक संजाल मार्फत स्पष्टीकारण दिएका छन् । उनले एउटा निर्माताको पिडा बुझ्न नसक्ने पनि कलाकार हुन्छ भन्दै प्रतिप्रश्न गरेका छन् । उनले आनालाइ पटकपटक फोन गरेको स्क्रिनसट समेत सार्वजनिक गरेका छन्।


यस्तो छ उनको प्रतिक्रिया:

केही कुरा भन्नै पर्ने भयो ।
मेरो चलचित्र र योसँग सम्बन्धित टिमलाई जुन किसिमको आरोप लगाइयो, त्यसमा कुनै किसिमको सत्यता नरहेको जानकारी गराउन चाहन्छु ।
मुख्यत: नायिकाको सवालमा उहाँलाई चलचित्र क्षेत्र भनेको रमाइलो गर्ने, पार्टी गर्ने, मन लाग्यो भने खोजेको ठाउँमा आउने मन र मूड नहुँदा बिरामी छु भनेर टार्दा पुग्ने, बीना सम्पर्क हराउने सोच्नु भएछ । एकपटक होइन पटक-पटक यस्तो व्यवहार सहँदै हिजोको दिनसम्म धेरै नै compromise गर्दै आएको हो । पटकपटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तितो अनुभव मसँग छ ।
नायिका परिवर्तन गरेको जुन कुरा छ, एकहफ्ता अगाडि देखिको तयारीका साथ पूर्वनिर्धारित मितिमा फिल्म युनिट first look poster को छायांकनको लागि बिहान ७ बजे स्टुडियोमा उत्साहका साथ पुगिराख्दा प्रमुख कलाकार नै उपस्थित हुनुभएन । पटकपटक फोन सम्पर्क गर्दा कुनै प्रकारको जवाफ आएन । म स्वयंमले उहाँको आमासँग कुरा गरेँ । त्यही readymade answer पाएँ । अन्ततः स्वघोषित बिरामी उहाँको सोसियल मिडिया स्टोरीमा हाम्रो टिम लाई हाइड गरिएको थाहा भयो । भोलि काम छ भनेपछी रातभर पार्टी गर्दै बस्न मिल्ने काममा आउन नमिल्ने ? सबै कुराहरू बाहिर आउँछ त्यो उहाँको बिसुद्ध private life हो धेरै हाम्रो भन्नू नि केही छैन, तर उहाँको private life ले करोडौं लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्ट ‘जेरी अन टप’मा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो ? मैले निर्माताको हिसाब ले एक मौका अझै दिनुपर्छ भन्ने लागेर उहाँको आमा लाई १ बजेसम्मको समयसीमा दिँदा पनि कुनै सुनुवाइ नभइसकेपछि बाध्य भएर मेरो एकल निर्णय ले नायिका परिवर्तन गरेको हुँ ।
एउटा निर्मताको पीडा बुझ्न नसक्ने नि कलाकार हुन्छ ? यो प्रकारको प्रवृतिबाट अन्य निर्माता ज्युहरूलाई पनि आगामी दिनको लागि सचेत रहन अनुरोध गर्द्छु ।
जय नेपाली सिनेमा🙏🙏

प्रतिक्रिया दिनुहोस्