स्मिताको ‘ज्यानमाया’ मा प्रियंका, सरोज र कविता (भिडियो)


गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘ज्यानमाया’ बोलको गीतमा दिपक शर्माको संगीत र नवराज ढुंगानाको शब्द रहेको छ।

गीतको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओली फिचर रहेका छन्। पावरफुल भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन्। पवन सुस्लिङ्गले भिडियोको छायाँकन र सम्पादन गरेका छन्। सुरेन्द्र बसेल सहायक निर्देशक रहेको भिडियो आर टि इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्