‘जेरी: अन टप’ बारे आनाको जवाफ,’ जसरी मेरो मानमर्दन गरियो, त्यो सर्वथा गलत हो ।’


अनमोल केसी र आना शर्माले चलचित्र ‘जेरी’ मा सहकार्य गरे । यो चलचित्र व्यवसायिक हिसाबले सफल बन्यो र दुवैको जोडी दर्शकले रुचाए। यहि जोडीलाई लिएर चलचित्र ‘जेरी अन टप’ बन्ने घोषण केहि समय अगाडी नै भएको थियो। केहि समय अगाडी आनाले हामीसंगको कुराकानीमा पनि यो चलचित्रलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिएकी थिइन् । तर केहि दिन अगाडी चलचित्रबाट आना आउट भएर जसिता गुरुङ्गको इन्ट्री भएको खबर बाहिरियो ।

अनमोल र जसिताको जोडीलाई दर्शकले रुचाएका थिए। निर्माता सरोज न्यौपानेले आनाले फोन नउठाएको, एक हप्ता अगाडी देखि फोटोसुटको तयारी गर्दा पनि शनिबार दिउँसोसम्म नआएको बताएका थिए। उनले भने , ‘यसअघि पनि उहाँले यस्तै गर्नुभएको थियो । यसरी त काम गर्न सकिन्न भनेरै कलाकार फेर्‍यौं । सबैमा व्यावसायिकता भन्ने हुनुहुन्छ। ‘

यो बिषयमा अभिनेत्री आना शर्माले आफ्नो मुख खोलिकी छन्। उनले आफु चलचित्रको दोश्रो लुक टेस्टको केहि दिन अगाडी देखि बिरामी भएको जानकारी निर्माण टिमलाई दिएको उल्लेख गरेकी छिन् । उनि लेख्छिन्, ‘ फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै मैले आफ्नो बिसन्चो बारे टोलीलाई जानकारी दिइसकेकी थिएँ । त्यही दिन उनीहरूले मेरो ठाउँमा अरू कसैलाई अनुबन्ध गरिसकेको जानकारी दिए । यसबारे मलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन ।’ उनले आफ्नो व्यवसायिकता माथी उठाएको प्रश्नलाई पनि जवाफ दिएकी छिन्। उनि अगाडी लेख्छिन्, मैले व्यावासायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा उनीहरूले किन पटक-पटक आलटाल गरिरहे ? सम्झौता नगरिकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे ?

यस्तो छ अभिनेत्री आना शर्माको पुरा स्टाटस,

प्रतिक्रिया दिनुहोस्