फागुनमा अनमोल, आंचल र जसिताको ‘जेरी : अन टप’ रिलिज पक्का


अनमोल केसी, आंचल शर्मा र जसिता गुरुङ्ग मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी: अन टप’ को प्रदर्शन मिति तय भएको छ। चलचित्र भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेबाट रिलिज हुनेछ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको चलचित्रलिई प्रेम दिवसको अवसर पारेर रिलिज गर्न लागिएको हो । सुयोग गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका छन्। साउन बाट सुटिङ्गमा जाने चलचित्र निर्माणका लागी सरोजसंग दिपक भण्डारी र रोबिन शेरचनले सहकार्य गरेका छन्। अनमोल र जसितालाई दर्शकले चलचित्र फर्की फर्कीमा रुचाएका छन्। अनमोल र आंचल भने पहिलोपटक चलचित्रमा सहकार्य गर्दैछन् । दुवैको जोडी कस्तो देखिने हो त्यो रोचक रहनेछ।

प्रतिक्रिया दिनुहोस्