‘मोदीबेनी’ पोष्टर : केन्द्रमा बर्षा, गाउँले चरित्रमा रेजिना


साउन १८ गतेबाट रिलिज हुने चलचित्र ‘मोदीबेनी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिईएको छ। यसअघि अमर प्रताप श्रेष्ठ र वर्षा शिवाकोटीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको चलचित्रको टीमले योपटक भने चलचित्रका प्रमुख सम्पूर्ण कलाकारलाई स्थान दिएको छ । बर्षालाई केन्द्रमा राखिएको पोष्टरमा उनलाई खुशी मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ। प्रविन खतिवडा र अमरलाई पोष्टरमा देख्न सकिन्छ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको निर्देशन शङ्कर कोइरालाले गरेका छन्। चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्