प्रदिपको ‘एक्लो’ मार्फत चलचित्रमा कमब्याक गर्दै सुरज सिंह ठकुरी


टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरी अभिनयमा पनि सफल रहेका छन्। आफुलाई विभिन्न विधामा सक्रिय गर्न रुचाउने सुरजले केहि बर्षबाट चलचित्रमा काम गरेका थिएनन् । समर लभ चलचित्र पछि उनी प्रदिप शाहीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्लो’ मार्फत करिब ५ बर्षपछि उनी चलचित्रमा कमब्याक गर्दैछन्। यो चलचित्रमा उनि काल पात्रको भूमिकामा देखिदैछन्। लामो समय कान्तिपुर टेलिभिजनमा ‘इट्स माई शो’ चलाएका सुरजले ‘रोडिज’ को पाँचौं सिजनलाई होस्ट समेत गरेका थिए । ‘कर्कस’, ‘नाइँ नभन्नू ल २ र ३’, ‘जंगे’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् ।

मल्टिस्टारर चलचित्रमा सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय रहेनछ। आगामी भदौपछि छायांकनमा जाने चलचित्रले सन् २०३० सम्म एक घातक महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको चलचित्र शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुनेछ। चलचित्रको कार्यकारी निर्मातामा क्षितिज सुवेदी खत्री छन् । ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने चलचित्रका लागी पहिलोपटक नेपालमै रकेट सुटको निर्माण भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्