एकल महिलाको कथामा प्रियंकाको ‘माइली’


अभिनेत्री प्रियंका कार्की नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको चलचित्र ‘माइली’ मा कार्की अनुबन्धित भएकी हुन्। चलचित्रले ग्रामिण महिलाको कथा बोल्नेछ। महिलाको पिडा र श्रीमान नभएपछि समाजले हेर्ने दृष्टिकोणको कथा चलचित्रले बोल्नेछ। प्रियंकासंग सम्झौता भएपछी चलचित्रको टिमले उनको पोष्टरलुक सार्वजनिक गरेको छ ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्रका निर्देशक बलामीले सत्य घटनामा आधारित भएर निर्माण हुने चलचित्रमा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ’, निर्देशक बलामीले भने । असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्