प्रेममा रमाउदै ‘खुस्मा’ जोडी धिरज र उपासना


असोज ३ गते रिलिज हुने चलचित्र ‘खुस्मा’ को दुईवटा नयाँ पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रको दुई मध्ये एक पोस्टरमा कलाकार धिरज मगर तथा उपासना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ। यस्तै दोश्रो पोष्टरमा उपासनालाई चिन्तित मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा उनले खस्टो ओडेकी छन्। मगर समुदायको पृष्ठभूमिमा चलचित्रले प्रेमकथा पेस गर्ने निर्देशक थापा मगरको भनाइ छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। चलचित्र असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्