पर्दामा कस्तो देखिएला रेखा थापा भर्सेस पूजा शर्मा


रेखा थापाको एक्सन चलचित्र ‘काली’ बक्स अफिसमा सफल भएको थियो । सबिर श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र दर्शकले रुचाएका थिए। हलमा यतिबेला पूजा शर्माको एक्सन चलचित्र ‘दान्भी’ चलिरहेको छ। यो चलचित्र पनि महिला एक्सन प्रधान चलचित्र हो । यसको एक्सनको प्रसंसा भैरहेको छ ।


पूजा र रेखा मिलेर चलचित्र उपहारमा संगै सहकार्य गरेका थिए । रेखा र पुजाको दोस्ती र हिम्मतवाली पहिचानको चर्चा हुने गर्दछ। रेखा र पूजाले चलचित्र ‘काली २’ मा सहकार्य गर्ने भएका छन् । रेखा र पुजा मिलेर यो सिक्वेलमा काम गर्ने पक्का भएको हो। पूजाले दान्भीको दर्शक प्रतिक्रिया बुझ्न जाँदा हलमा मिडियालाई यो कुराको जानकारी गराएकी हुन्। पूजाले रेखा थापा भर्सेस पूजा शर्मा, ‘काली २’ । अब झन् बबाल हुन्छ, भन्दै हलमा प्रतिक्रिया दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्