कस्तो छ ‘स्वस्थानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड?


कार्टुन क्रुको प्रस्तुतीमा तयार भएको वेभ सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड सार्वजनिक भएको छ। सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरि , प्रताप दास , बिजय अधिकारी, जिबेश सिंह गुरुङ , अस्मिता खनाल , रोश्नी कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

यो वेभ सिरिजलाई सरोज र सागर खनाल मिलेर निर्माण गरेका छन्।सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन् ।

सिरिजको पहिलो शृंखलामा प्रताप र आश्माको लभ इन्ट्रेस्टलाई प्रस्तुत गरिएको छ। विभिन्न सोच भएका युवा पुस्ताका पात्रहरु समावेश गरिएको छ। सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्