सलोन र सलिनलाई निर्देशन गर्दै सौरभ ! , कमब्याकको लागी सलिनको मिहेनत


पिता बनेपछि चलचित्र निर्माणमा सलोन बस्नेत आउने भएका छन्। केहि महिना अगाडी नै एक पोष्टरमार्फत घोषणा गरिएको चलचित्र ‘यूर्निभसिटी अफ गुन्डाज्’ को तयारी सलोनले सुरुवात गरेका छन् । यो चलचित्रमा अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने पक्का भैसकेको छ । उनी र सलोन दुवैको मुख्य भूमिका चलचित्रमा रहनेछ ।

चलचित्रको निर्देशक भने तय भएको थिएन। चलचित्रको निर्देशनको जिम्मेवारी सौरभ चौधरीको काँधमा परेको छ। ‘अगत्स्य’ निर्देशन गरेर चर्चामा आएका सौरभ र निर्माण टिमबीच कामको सहमति भएको छ। मौखिक सम्झौता भएको तर लिखित हुन् बाँकि रहेको बुझिएको छ । सलोन र सलिनसहित निर्देशक शोभित बस्नेतले सौरभसँग अन्तिम छलफल गरेका छन्।

‘यूर्निभसिटी अफ गुन्डाज्’ एक्सन कथामा निर्माण हुन लागेको चलचित्र हो । सौरभले एक्सन चलचित्र निर्माणमा सम्भावना बलियो देखाएका छन्। सौरभ यतिबेला अर्को एक चलचित्र निर्माणको तयारीमा रहेको बुझिएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रले विश्वविद्यालय भित्र हुने गुण्डाराजको कथा बोल्छ । सलिन करिव ६ बर्षपछि यहि चलचित्र मार्फत कमब्याक गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्