‘जेरीः अन टप’ मा जसिताको इन्ट्री, अनमोलको जोडी आँचल कि जसिता ?


सुयोग गुरुङ्गको निर्देशनमा तयार हुन् लागेको नयाँ चलचित्र ‘जेरीः अन टप’ को कलाकार लाइनअपमा रोचकता थपिदै गएको छ। अनमोल केसी र नायिका आँचल शर्मा यस अगाडी चलचित्रमा अनुबन्धित भैसकेका छन्। अनमोल र आँचल दुवैले चलचित्रको वर्कसप समेत सुरुवात गरिसकेका छन् ।

अव चलचित्रमा अभिनेत्रीको रुपमा जसिता गुरुङ्गको इन्ट्री भएको छ। निर्माण टिमले चलचित्रमा दुई अभिनेत्री रहने जानकारी चलचित्रको सुरुवात बाट दिदै आएको छ। आँचल र जसिताको प्रवेश पछि चलचित्रमा आना रहने वा नरहने त्यो टुंगो लागेको छैन। साउन १ गतेबाट चलचित्र छायांकनमा जान लागेको छ । अनमोल र जसिताले चलचित्र ‘फर्की फर्की’ मा संगै सहकार्य गरेका थिए। यो जोडीलाई दर्शकले रुचाएका छन्। सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको चलचित्रको प्रि–प्रोडक्शनको काम धमाधम चलिरहेको छ । दीपक भण्डारीको पनि लगानी रहने चलचित्रका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । निर्माता सरोज न्यौपानेले चलचित्रमा दुवै नायिकाको लिड भूमिका रहेको बताएका छन् । आँचलले यो चलचित्रको लागी निकै मिहेनत गरिरहेकी छिन् । चलचित्रको छायांकन काठमाडौं, मुस्ताङ र लुक्लामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्