‘सतीदेवी’ को नयाँ गीतमा मलिकाको पिडा


लक्ष्मण सुवेदीको लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । ममता गुरुङ्गको स्वर रहेको गीतमा लक्ष्मण सुवेदीको शब्द, सुभाष भुषालको संगीत रहेको छ।


गीतको भिडियोमा मलिका महतलाई प्रस्तुत गरिएको छ। चलचित्रका दृश्यहरु समावेश गरेर तयार पारिएको भिडियो र गीत दुवै निकै मार्मिक रहेका छन् । श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानीमा तयार भएको यो चलचित्रले छोरीको कथा बोलेको छ। छोरी मात्र भएको परिवारमा छोराको चाहानले उत्पन्न परिस्थिति र छोरीले भोग्ने पिडालाई प्रस्तुत गरिएको छ ।

साउन ४ गतेबाट रिलिज हुने चलचित्रमा मलिकको साथमा हर्षिका ओली, मन्जिला बानियाँ, सन्दिपबाबु लोहनी, रमेश वुढाथोकी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्